आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
मोरङ – बुढीगंगा गाउँपालिका १ को सेन्चुरी मसला उद्योग नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।
विराटनगरबाट दुहवीतर्फ जाँदै गरेको को १ ख ७२३२ नम्बरको यात्रुवाहक बसले दुहवीबाट विराटनगरतर्फ आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बावु र छोरीको ज्यान गएको हो ।
बसको ठक्करबाट बुढीगंगा गाउँपालिका ५ का ५२ वर्षीय आँखा विशेषज्ञ डा. शुभलाल माझी र न्यूरो अस्पताल विराटनगरमा कार्यरत २६ वर्षीय उहाँकी छोरी अञ्जलीकुमारी माझीको ज्यान गएको नेमुवा ट्राफिक प्रहरी इञ्चार्ज तुलामणि आचार्यले जानकारी दिनुभयो ।
बावु छाेरीकाे विराट मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो । बसका चालक धनगढी निवासी ३४ वर्षीय सन्दीप खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।