महरामाथिको मुद्दाकाे थुनछेक बहस सकियो, आदेश केही बेरमा

 कात्तिक १८, २०७६ सोमबार १६:३५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जबरजस्ती करणी उद्योगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको मुद्दाको थुनछेक बहस सकिएको छ । 

जिल्ला अदालत काठमाण्डौमा महराका तर्फबाट साेमबार वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गर्नुभएको थियो । आइतबार महराकाे पक्षबाट अधिवक्ता भोजराज आचार्य र लभप्रसाद मैनालीले बहस गर्नु भएकाे थियाे । आइतबार बहस नसकिएपछि साेमबारलाई हेर्दाहेर्दैमा राखिएकाे थियाे ।

महराकाे पक्षबाट बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए ।  न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा बहस भएको हो ।  अदालतमा बहस भैरहँदा पीडित भनिएकी राेशनी शाहीले बन्द इजलासमा बाेल्ने अनुमति मागे पनि न्यायाधी पाण्डेले अनुमति दिनु भएन । महराले बलत्कार प्रयास गरेकाे भनेर प्रहरीमा जाहेरी दिए पनि उनले अदालतमा भने बयान फेरेकी छिन् । महरा आफ्नाे काेठामा नआएकाे उनले अदालतमा बयान दिएकी थिइन्।

बहस सकिएसँगै अहिले फैसला तयार गर्ने काम भइरहेको छ । अब महरालाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारगार नै चलान गर्ने भन्नेबारेमा अदालतले फैसला गर्ने छ । 

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गएकाे असाेज १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएको बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया