राष्ट्रपतिद्वारा सातै प्रदेशमा प्रमुख नियुक्त, सपथ मंगलबार

 कात्तिक १८, २०७६ सोमबार २०:४४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेश प्रमुखकाे नियुक्त गर्नु भएकाे छ । राष्ट्रपति भण्डारीले नेपालकाे संविधानकाे धारा १६३ काे उपधारा (२) बमाेजिम मन्त्रिपरिषदकाे सिफारिसमा विभिन्न व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएकाे हाे ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम राष्ट्रपतिकहाँ सिफारिस गरेको थियाे । राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गरेसँगै मंगलबार पद तथा गाेपनीयताकाे सपथ गराइने तयारी छ । राष्ट्रपति कार्यालयमा मंगलबार बिहान ८ बजे सपथ ग्रहण कार्यक्रम तय भएकाे राष्ट्रपति कार्यालय स्राेतले जनाएकाे छ ।

मन्त्रिपरिषद्काे साेमबारकाे बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश नम्वर १, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूर पश्चिम प्रदेशमा शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको थियाे ।  

याे पनि पढ्नुहाेस्

 


अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया