ट्रक र मोटरसाइकल ठोक्किँदा मकवानपुरमा एक जनाको ज्यान गयो

 कात्तिक १९, २०७६ मंगलबार ७:३५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – हेटौँडा १५ रातोमाटे लच्कामा सोमबार राति ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजारबाट बारातर्फ जाँदै गरेको ना ३८ प ६४० नम्बरको मोटरसाइकल र बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ७३१७ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक हेटौँडा १५ रातोमाटे बस्ने ३५ वर्षीय औतार स्याङतानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीरु घाइते हुनेमा मोटरसाइकलमा सवार जितपुर सिमरा उपमहानगरपालिका– २२ तीन नम्बर पुल बस्ने ३२ वर्षीय मनिष लामा रहेका छन् । घाइते लामाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया