रामेछापमा सुस्त मनस्थिति भएकी किशाेरीलाई जर्बजस्ती करणी गरेकाे आराेपमा युवक पक्राउ

 कात्तिक १९, २०७६ मंगलबार १८:५७:५२ | दीपक भट्ट
unn.prixa.net

रामेछाप -  रामेछापमा सुस्त मनस्थिति भएकी किशाेरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नम्बर-७, ओढारे बस्ने २८ वर्षीय पदमबहादुर माझी रहेका छन् । उनले आइतबार राति घर नजिकैकी छिमेकी १७ वर्षीया युवतीलाई घरमा सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गरेकाे प्रहरीले जनाएकाे छ ।

जबर्जस्ती गर्ने क्रममा किशाेरी चिच्याएपछि परिवारका सदस्यहरुले थाहा पाएकाे र त्यतिन्जेल माझी भागेकाेले उनकाे खोजी गर्न परिवारका सदस्यहरुले प्रहरीमा खबर गरेका थिए । खबर पाएपछि स्थानीय र प्रहरी खोजीकार्यमा जुटेका र खाेजीका क्रममा माझीलाई सोमबार दिउँसो मन्थली नगरपालिका वडा नम्बर-१, रणजोर खोलाबाट प्रहरीले पक्राउ गरेको थियाे । 

पक्राउ परेका माझीलाई प्रहरीले हिरासतमा राखेर मंगलबार जबर्जस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी रामेछाप जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक टिकेन्द्र पौडेलले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: चैत १५, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया