भारतले सार्वजनिक गरेको नयाँ नक्साप्रति कांग्रेसको आपत्ति

 कात्तिक १९, २०७६ मंगलबार २०:३४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसले भारतले सार्वजनिक गरेको नयाँ राजनैतिक नक्साप्रति आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार साँझ फेसबुकमार्फत नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य रहेको बताउनु भएको छ । उहाँ लेख्नुहुन्छ, ‘दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको छ । कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् । नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् । नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य छ ।'

भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो ।

जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो ।

भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र मि नक्साभित्र समेटेको छ ।

याे पनि पढ्नुहाेस्

लामो समयदेखि भारतले अतिक्रमण गरेर राखेको यो क्षेत्र अहिले भारतले औपचारिक रुपमा नै राजनीतिक नक्सामा समेटेको हो । भारत सरकारले ३१ अक्टोबरदेखि अस्तित्वमा आएका दुई भिन्ना भिन्नै केन्द्रशासित प्रदेश (युनियन टेरिटरी) जम्मू–कश्मीर र लद्दाखसहितको देशको औपचारिक राजनीतिक नक्सा गएको शनिबार सार्वजनिक गर्दा नेपालको भूभाग पनि आफ्नो सीमाभित्र मिसाएको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

3 Comments

  • SAKSHAMRAKSHAM

    Nov. 6, 2019, 5:10 p.m.

    नेपाल मा सानो कुरा ले यस्तो भाइरल हुन्छ ,यो लिपुलेक उत्तरखंड ,नेपाल र तिब्बत त्रिकोणत्मक स्थिती मा अवस्थित छ,त्यों स्थान भारत को पुरानो नक्सा र नया नक्सा उही स्थान मा छ ,नक्सा को कुरा लाइ लियर यस्तो विवाद हुनु राम्रो होइन ,यो स्थान हिज पनि बिबादास्पद थियो ,आज पनि छ ,यो सरकार कूटनीतिक स्तर बाट कुरा गरे र यसको समाधान गर्नु उपयुक्त हुन्छ | यसको बिबाद पहिला देखी नै हो ,अहिले डिजिटल जमना भयको ले सबै लाइ अवेयर भयको मात्र हो |हिज पंचायत छदा पनि बिबादस्पद थियो ,कांग्रेस ,माओवादी छदा पनि बिबादस्पद नै रहयो | पाहिले देखि नै त्यसको दक्षिण मा भारतीय चेकपोस्ट छ|

  •  0 Reply
  • Madan Roy

    Nov. 6, 2019, 8:39 a.m.

    हरे शिव ।।।🇳🇵🇳🇵🇳🇵 हाम्रो देशको राजनीतिक नेता कस्तो। आफ्नो देशको माटो , मर्यादा र सम्मान किन गुमाएको। बरु सिङ्गो राष्ट्र (कि चिन कि भारतमा सग् मिसाउनु) नेपाल आमाको सार्वभौमको सुरक्षा गर्न नसक्ने सरकारले के नेपाली जनताको सुरक्षा गर्न सक्छ। म भन्छु "जनताको सुरक्षाको चासो गर्नु भन्दा पहिला 🇳🇵देशको सुरक्षा गर्नु ठीक होला ।" जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  •  0 Reply
  • Suman

    Nov. 5, 2019, 11:08 p.m.

    यसै कारणले गर्दा नेपालले जति सक्दो छिटो भन्दा छिटो संयुक्त राष्ट संघमा यसको विरोध पत्र पठाउनुपर्छ अनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार मार्फत नेपाल को पुरानो नया प्रकाशित गरी यसको विरोध गर्नु पर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया