कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
उत्तरी मेक्सिकोमा ९ जना अमेरिकी नागरिकको गोली हानी हत्या भएको छ । ६ बालिबालिका र तीन महिलासहित ९ जनाको गोली हानी हत्या भएको बीबीसीले जनाएको छ । लागुऔषध तस्करको समूहले उनीहरुमाथि गोली प्रहार गरेको जनाइएको छ ।
पीडित लहुबारन परिवारका सदस्य हुन् । उनीहरु मेक्सिकोका मोरमन समुदायसँग अलग भएर बनेको परिवार हो ।
मेक्सिकोका सुरक्षामन्त्रीले गलत पहिचानका कारण उनीहरु निसाना बनाइएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । उत्तरी मेक्सिकोको सिनोरा राज्यमा २ ड्रग माफियाबीच लडाइँ रहेको छ । एउटा समूह ला लिनिआ जुन एउटा ठूलो ‘खुआरेज’ ड्रग्स गिरोहसँग जोडिएको छ भने अर्को समूह ‘लोस चापोस’ हो, जो सिनालोआ गिरोहको हिस्सा मानिन्छ ।
लागुऔषध तस्कर समूहको झडपको चपेटामा उनीहरु परको भन्दै राष्ट्रपति ट्रम्पले दुःख व्यक्त गरेका छन् । तस्कर विरुद्धको अभियानका लागि अमेरिका तयारी अवस्थामा रहेको उनले ट्वीटमार्फत बताएका छन् ।