महेन्द्रसिंह धोनी टेलिभिजनमा क्रिकेट कमेन्टटेटरको भूमिकामा देखिने सम्भावना

 कात्तिक २०, २०७६ बुधबार ९:७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी टेलिभिजनमा क्रिकेट कमेन्टटेटरको भूमिकामा देखिने सम्भावना रहेको छ ।

]विश्वकपछि भारतीय टिममा नरहेका धोनीले सन्यास भने लिइसकेका छैनन् । भारत र बंगलदेशबीच हुने टेस्ट क्रिकेटका लागि स्टार स्पोर्टसले धोनीलाई कमेन्टटेटरको भूमिकामा ल्याउने प्रयास सुरु गरेको जनाएको छ । न्यूज  एजेन्सी आईएनएसका अनुसार स्टार स्पोर्टसले बीसीसीआईका अध्यक्ष सौरव गांगुलीसमक्ष धोनीलाई कमेन्टटेटरको भूमिकामा ल्याउने प्रस्ताव गरेको छ ।

धोनी मात्रै नभएर गेस्ट कमेन्टटेटरका रुपमा भारतीय टिमका सबै पूर्व कप्तानलाई बोलाउने योजना बनाएको जनाइएको छ । साथै उनीहरुले सबै पूर्व कप्तानहरु खेलको पहिलो दिन भारतीय टिमसँगै राष्ट्रिय गानका लागि मैदानमा पनि उपस्थित हुनेछन् ।

योजना यदि सफल भएमा कोलकताको इडन गार्डनमा वीवीएस लक्ष्मण, सौरव गांगुली, हरभजन सिंह, अनिल कुम्बले र राहुल द्रविडले २००१ मा अस्ट्रेलियाविरुद्ध भएको यही मैदानको टेस्ट क्रिकेट पनि सम्झने छन् । भारत र बंगलादेशले पहिलो डे नाइट टेस्ट इडन गार्डनमा खेल्दैछन् ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया