भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा दाबी गरेपछि साझाको आपत्ति

 कात्तिक २०, २०७६ बुधबार ११:१३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले नयाँ नक्सामा आफ्नो भूभाग दाबी गरेको प्रति साझा पार्टीले गम्भीर आपत्ति प्रकट गरेको छ । साझा पार्टीले विज्ञप्ति निकालेर भारत सरकारको यो कदम अन्तर्राष्ट्रिय कानुनको विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको जनाएको हो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको भन्दै भारतलाई आफ्नो नक्सा सच्याउन लगाउन पनि पार्टीले माग गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीको प्रयासमा भएको सीमा क्षेत्रका पिलरको निर्माण, मर्मत र सर्वेक्षण कार्यमा प्रयोग भएका प्रविधि, ऐतिहासिक तथ्य एवं नाप नक्साका साथै अहिलेसम्मको कार्य प्रगतिबारे आमनागरिकलाई जानकारी गराउन पनि पार्टीले सरकारसँग अनुरोध गरेको छ ।

देशको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिनु पर्नेमा पनि साझा पार्टीले जोड दिएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया