कालापानी, लिपुलेक र लिम्पियाधुराका बारेमा सरकारले कहीँ कतै सम्झौता गर्दैन: नेकपा अध्यक्ष प्रचण्ड

 कात्तिक २०, २०७६ बुधबार १५:५२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि चौतर्फी विरोध भैरहेको छ ।

यही सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले भारतको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा राखिएको सम्बन्धमा सरकारले भारतसँग कुटनीतिकरुपले तत्काल छलफल सुरु गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस संगठन नेपाल दाङले बुधबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भारतले सार्वजनिक गरेको नयाँ नक्साका बारेमा नेपाल सरकारले भारतसँग विनाशर्त तत्काल छलफल सुरु गर्नुपर्ने बताउनुभएको हो । 

नेपालको राष्ट्रियता र अखण्डतासँग जोडिएको यो विषयमा सरकारले कहीँ कतै सम्झौता नगरी अघि बढ्ने प्रचण्डले बताउनुभयो ।

‘सरकारले यसलाई गम्भीररुपमा लिइसकेको छ । सरकारले कुटनीतिकरुपले छलफल सुरु गरिसकेको छ, नेपालका सबै दलहरुले यसलाई गम्भीररुपले अघि बढाउनुपर्छ’, उहाँले भन्नुभयो । 

सरकारको नेतृत्व आलोपालोमा हुन्छ भन्ने कुरा अब इतिहास भैसकेको भन्दै प्रचण्डले अहिलेको सरकार पाँच वर्ष चल्ने टिप्पणी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया