रोड्रिगोको ह्याट्रिकमा रियल मड्रिडको फराकिलो जित

 कात्तिक २१, २०७६ बिहिबार ६:४५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडले दोस्रो जित निकालेको छ । समूह एमा रहेका मड्रिड शीर्ष स्थाको पीएसजी भन्दा ५ अंकले पछाडि रहेको छ ।

बुधबार राति भएको खेलमा मड्रिडले गालातासारे माथि ६–० को फराकिलो जित निकालको हो । रियलको जितमा रोड्रिगोले ह्याट्रिक गर्दा करिम बेन्जिमाले २ तथा सर्जियो रामोसले एक गोल गरेका थिए ।

घरेलु मैदानमा मड्रिडले रोड्रिगोको गोल मार्फत खेल सुरु भएको चौथो मिनेटमै अग्रता बनाएको थियो । सातौं मिनेटमा रोड्रिगोले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल थपेका थिए ।

१४ औं मिनेटमा मड्रिडले पेनाल्टी पाएपछि गोल संख्या तीन पुगेको थियो । पेनाल्टीमा रामोसले गोल गरेका थिए । पहिलो हाफमै चार गोल खाएको गालातासारेले दोस्रो हाफमा अरु २ गोल ब्यहोरेको थियो । पहिलो हाफको अन्तिममा करिम बेन्जिमाले गोल गरेका थिए ।

८१ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरे भने रोड्रिगोले इन्जोरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे । 

समूह ए अन्तर्ग नै बुधबार राति भएको अर्को खेलमा पीएसजीले अपराजित यात्रा कायमै राखेको छ । पीएसजलीले क्लब व्रुगीलाई १–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा इकार्डी रिभेरोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया