च्याम्पियन्स लिगमा बायर्न म्युनिख र टोटनह्यामको जित

 कात्तिक २१, २०७६ बिहिबार ७:४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्प्यिन्स लिग फुटबल अन्तर्गत समूह बीमा रहेका बायर्न म्युनिख र टोटनह्यामले जित निकालेका छन् । बुधबार राति भएको खेलमा बायर्न म्युनिखले ओलम्प्यिाकोसमाथि र टोटनह्यामले कार्भेना (रेड स्टार) माथि जित निकालको हो ।

अपाराजित रहेको बायर्नको जितमा रोबर्ट लेबान्डोस्की र इभान पेरिसीसले एक–एक गोल गरेका थिए । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए । लेवान्डोस्कीले ६९ औं तथा पेरिसिसले ८९ औं मिनेटमा गोल गरेका थिए ।

यस्तै, बुधबार राति नै भएको अर्को खेलमा टोटनह्यामले कार्भेनामाथि ४–० को जित निकालेको छ ।

टोटनह्यामको जितमा सन हिउङ मिनले २ तथा जियानो लो सेलो र क्रिष्टियन इरिक्सनले एक–एक गोल गरे । ३४ औं मिनेमा सेलोले गोल गर्दै टोटनह्यमामलाई अग्रता दिलाए ।

१ गोल अग्रता बनाएको टोटनह्यामले बाँकी तीन गोल दोस्रो हाफमा थपेको थियो । ५७ औं र ६१ औं मिनेटमा सनले लगातार २ गोल थपेपछि टोटनह्यामले तीन शून्यको अग्रता बनायो । ८५ औं मिनेटमा इरिक्सनले व्यक्तिगत पहिलो तथा टिमका लागि चौथो गोल गरे ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया