च्याम्प्यिन्स लिग फुटबलमा युभेन्टसको जित

 कात्तिक २१, २०७६ बिहिबार ७:४३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्प्यिन्स लिग फुटबलमा युभेन्टस विजयी भएको छ । बुधबार राति भएको खेलमा क्रिष्टियानो रोनाल्डो प्रेरित युभेन्टसले लोकोमोटिभ मस्कोलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

तेस्रो मिनेटमा आरोन राम्सेले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा अलेक्सी मिरान्चुकले गोल गर्दै मस्को क्लबलाई खेलमा फर्काएका थिए ।

तर वैकल्पिक खेलाडीको रुपमा ७० औं मिनेटमा मैदान छिरेका डग्लस कोस्टाले अन्तिम समयमा गोल गर्दै युभेन्टसलाई जित दिलाए ।

बुधबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिड बायर लिभरकुसेनसँग २–१ गोल अन्तरले पारजित भएको छ । 

एथ्लेटिको मड्रिडका थोमस पार्टएले आत्मघाती गोल गरेपछि लिभरकुसेनले तेस्रो मिनेटमै अग्रता लिएको थियो । केभिन भोलान्डले ५५ औं मिनेटमा गोल संख्या दोब्बर बनाए ।

अल्भारो मोराटाले इन्जुरी समयमा एक गोल फर्काए पनि मड्रिडलाई जिताउन भने सकेनन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया