एसीसी इमिर्जिङ एसिया कपका लागि नेपाली टिमको घोषणा

 कात्तिक २१, २०७६ बिहिबार ७:५१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशमा आयोजना हुने एसीसी इमिर्जिङ एसिया कपका लागि नेपाली टिमको घोषणा भएको छ । जसमा कुशल भुर्तेल पहिलो पटक सिनियर टिममा परेका छन् भने इशान पाण्डे र अभिनाश बोहोरा ५० ओभरको खेलमा डेब्यू गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको सूचीमा कप्तानमा ज्ञानेन्द्र मल्ल र उपकप्तानमा दिपेन्द्रसिंह ऐरी छन् भने बाँकी खेलाडीमा शरद भेषवाकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमा पौडेल, ललित राजवंशी, पवन सराफ, सन्दिप जोरा, सुसान भारी, इशान पाण्डे, आरिफ शेख, अभिनाश बोहोरा, कुशल भुर्तेल छन् ।

कुशल यू १९ टिमबाट सिनियरमा पुगेका खेलाडी हुन् । उनले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका हुन । अभिनाश बोहोरा यसअघि राष्ट्रिय टिममा परे पनि ५० ओभरको खेलमा भने टिममा पर्न सकेका छैनन् । उनी यूएई विरुद्धको सिरीजका लागि सिनियर टिममा भए पनि एकदिवसीय खेल भने खेलको थिएनन् ।

यस्तै इशान पाण्डेले यसअघि टी २० मा खेलेपछि ५० ओभरका लागि भने पहिलो पटक टिममा परेका हुन् ।

यसपटक टिमको म्यानेजरमा क्यानका सदस्य प्रशान्त विक्रम मल्ल जाने भएका छन् । यस्तै प्रशिक्षक उमेश पटवाल, एसिसेन्ट प्रशिक्षक दिपेन्द्रप्रताप सिंह, भिडियो एनालिष्ट रमन सिवाकोटी, फिजियोमा विक्रम न्योपाने छन् ।

यस सिरीजका लागि पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने हुने छैनन् । दुवै खेलाडी यूएईमा हुने टी १० लिग खेल्ने जानेछन् । पारस नोभेम्बर ११ मा र सन्दीप १२ तारिखमा यूएई जानेछन् ।

नोभेम्बर १२ तारिखबाट सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल १४ तारिखमा भारतसँग खेल्नेछ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया