जिल्ला अस्पताल डाक्टरविहीन

 कात्तिक २१, २०७६ बिहिबार ८:५०:३५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – जिल्ला अस्पताल फाप्लु डाक्टरविहीन बनेको छ । समायोजनका करण डाक्टरहरु सरुवा भएसँगै अस्पताल डाक्टरविहिन बनेको हो । अस्पतालमा कार्यरत डाक्टर रमिन महर्जनले सोमबार जिल्ला छोडेपछि अस्पताल डाक्टरविहीन भएको हो । अन्य डाक्टरहरुले यस अघि जिल्ला छोडिसकेका छन् ।

जिल्ला अस्पताल अहिले करारका स्वास्थ्य सहायकले सञ्चालन गरिरहेका छन् । सामान्य बिरामी हुँदासमेत जिल्ला बाहिर जानुपर्ने सोलुखुम्बुवासीको बाध्यता बनेको छ । डाक्टर नभए पछि जिल्ला अस्पतालमा बिरामी आउनै छोडेका छन् । पहिले दैनिक ६०–७० जनाको हाराहारीमा बिरामी आउने आस्पतालमा सेवाग्राही आउनै छाडेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा उपलब्ध सेवामा कुनै फरक नपाएपछि यहाँका नागरिकले सास्ती खेप्नुपरेको छ । यस विषयमा सर्वसाधरणदेखि विभिन्न सञ्चार माध्यममा समाचार प्रशारण प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले समेत चासो व्यक्त गरेको छ । चिकित्सको व्यवस्था गरिदिन प्रदेश नम्बर १ को मख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जानकारी दिनुभयो ।

पत्रमा मानसिक रोगीलाई पनि जिल्लामा नै उपचारको व्यवस्था मिलाउन आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरिएको छ । तर पत्रको जवाफ भने आएको छैन ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया