कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – नेपालविरुद्धको तीन दिवसीय खेलमा मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) पहिलो पारीमा ३ सय ६४ रनमा अलआउट भएको छ ।
३ सय ११ रनबाट दोस्रो दिनको खेल सुरु गरेको एमसीसीले ४ विकेटमा ५३ रन थप्दा अलआउट भयो । उसका लागि एलेक्स थमसनले ३० रन बनाए भने यासिर अराफाटले ६४ रन बनाए । दोस्रो दिनको खेलमा करण केसीले ३ विकेट लिए भने सन्दीपले एक विकेट हात पारे ।
यसअघि पहिलो दिन कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ८७ ओभर सकिँदा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो । खराब प्रकाशको कारण १० ओभर बाँकी रहँदै खेल रोकिएको थिया ।
एमसीसीको पारीमा तीन खेलाडीले अर्धशतक बनाए । विल रोड्सले ७३ रन बनाए भने विल भान्डेर्सपारले ५३ रन बनाए । यस्तै मिल्स हाम्मोन्डले ५२ रन बनाए । त्यस्तै टम वेस्ट्लीले ३९ रन जोड्दा एड योङले १७ रन जोडे ।
बिली गोडलम्यान १० रनमा आउट भए । नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र शरद भेषवाकरले समान २/२ विकेट लिए ।