बैंक घोटाला प्रकरणमा भारत पठाइए आत्महत्या गर्छु : भारतीय हिरा व्यापारी नीरव मोदी

 कात्तिक २१, २०७६ बिहिबार १२:२२:४ | एजेन्सी
unn.prixa.net

भारतको पञ्जाब नेशनल बैंक (पीएनबी) सँग जोडिएको १३ हजार पाँच सय करोड रुपैयाँ घोटाला प्रकरणका एक मुख्य अभियुक्त हिरा व्यापारी नीरव मोदीको जमानतमा रिहाइ लण्डनको अदालतमा पाचौँ पटक खारेज भएको छ । 

अदालतको फैसलापछि धम्की दिँदै नीरव मोदीले घोटाला प्रकरणमा आफूलाई भारत पठाइए आत्महत्या गर्ने धम्की दिएका छन् । नीरव मोदीले आफूलाई जेलभित्र तीन पटक पिटेको बताएका छन् । 

उनले भारतमा निष्पक्ष जाँच नहुने भन्दै भारत पठाइए आत्महत्या गर्ने धम्की दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मंगलबार बिहान जेलभित्र दुई जना कैदी आएर नीरवलाई कुटपिट गरेको र भइँमा लडाएर पनि निकै कुटेको वकिलले बताएका छन् । 

यो आक्रमण नीरवलाई नै लक्षित गरेर गरिएको बताइएको छ । ती वकिलले जेलभित्रै यस्तो हुँदा पनि जेलका अधिकारीहरुले केही नगरेको बताए । 

नीरव बेलायतको सबैभन्दा भिडभाड हुने जेलमध्ये एक दक्षिण-पश्चिम बेलायतको वैङ्सवर्थ जेलमा कैद छन् । उनलाई गएको १९ मार्चमा गिरफ्तार गरिएको थियो । 

भारत सरकारको अनुरोधमा लण्डन पुलिसले प्रत्यर्पण वारेन्ट जारी गर्दै नीरव मोदीलाई गिरफ्तार गरेको थियो । भारतले नीरवलाई सुपुर्दगी गर्न बेलायत सरकारसँग माग गर्दै आइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया