बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन

 कात्तिक २१, २०७६ बिहिबार १७:४:४८ | जयराज अवस्थी
unn.prixa.net

दार्चुला - दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नयाँ नक्सामा राखेको भन्दै बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।

भारतले हालै सार्वजनिक गरेको नयाँ राजनैतिक नक्सामा नेपाली भूमि राखिएको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको हो ।

कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको स्थानीय राताशिला चिहानघाटमा मोदीको पुत्ला दहन गरेको स्थानीय राजेश धामीले जानकारी दिनुभयो । ‘भारतीय विस्तारवाद मुर्दावाद, नरेन्द्र मोदी मुर्दावाद’ को नारा लगाउँदै स्थानीयहरुले पुत्ला दहन गरेका थिए ।

नेपाल–भारत सीमा विवाद कुटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

छिमेकी देश भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउनसमेत माग गरेका छन् । भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेपछि बुधबारदेखि देशका विभिन्न भागमा विरोध प्रदर्शन भैरहेको छ ।

याे पनि पढ्नुहाेस्


अन्तिम अपडेट: चैत १५, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया