नेपाल भर्सेस एमसीसी : नेपाल ३ सय ९३ रनको लक्ष्य पछ्याउँदै

 कात्तिक २२, २०७६ शुक्रबार ११:४३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लबविरुद्धको तीन दिवसीय (फर्स्ट क्लास) खेलमा नेपालले तीन सय ९२ रनको लक्ष्य पछ्याइरहेको छ । 

दुई विकेटको क्षतिमा ९१ रनको स्थितिबाट तेस्रो दिनको खेल सुरु गरेको एमसीसीले ९० रन बनाउन बाँकी चार विकेट गुमायो । ३६ ओभर खेलेर एक सय ८१ रन बनाएपछि एमसीसीले पारी समाप्तिको घोषणा गरेको छ । 

तीन सय ९३ रनको लक्ष्य पछ्याउँदै नेपाल अहिले ब्याटिङमा छ । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एमसीसीले पहिलो इनिङ्समा तीन सय ६४ रन बनाएको थियो । नेपाल भने एक सय ५३ रनमा रोकिँएको थियो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया