बैतडीमा जात्रा हेर्न गएका वडा सदस्य मृत फेला

 कात्तिक २२, २०७६ शुक्रबार १४:२७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी - पुर्चौडी नगरपालिका ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा भेटिनुभएको छ ।  

वडा सदस्य पार्की पुर्चौडी नगरपालिका १ को राताशिला मन्दिर नजिकको देवल भन्ने ठाँउमा मृत भेटिनुभएको बैतडीका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

बिहीबार राति पुर्चौडी नगरपालिका १ मा रहेको राताशिला मन्दिरमा जात्रा हेर्न जानुभएका वडा सदस्य शुक्रबार बिहान मृत अवस्थामा भेटिनु भएको हो । 

वडा सदस्य पार्कीको मृत्यु के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया