एभीसी सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार दोस्रो जित, फाइनल पुग्ने सम्भावना बलियो

 कात्तिक २५, २०७६ सोमबार १६:२८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा अफगानिस्तानलाई ३-० को सोझो सेटमा हराएको नेपालले आज भएको दोस्रो खेलमा किर्गिस्तानलाई पनि ३-० कै सेटमा पाखा लागायो ।

नेपालले पहिलो सेटमा २५-१५ , दोस्रो सेटमा २५-१९ र तेस्रो सेटमा २५-२० ले किर्गिस्तानलाई पराजित गरेको हो । आइतबार नेपालले पहिलो खेलमा अफगानिस्तानमाथि ३-० को सेटमा सहज जित हात पारेको थियो । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा नेपालसहित किर्गिस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता न्तर्गत भोलि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया