विश्व क्रिकेटमा भारतीय बलरले रचे इतिहास,एक वर्षमा तीन खेलाडीको ह्याट्रिक

 कात्तिक २६, २०७६ मंगलबार १४:५४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टिमको बलिङलाई प्राय: कमजोर रुपमा लिने गरिन्छ । तर वर्तामान समयमा भारतीय टिममा सबैभन्दा बढी परिवर्तन भने बलिङमै देखिने गरेको छ ।

अहिले भारतीय क्रिकेट टिममा एक से एक उत्कृष्ट बलर रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिनुलाई ठूलो सफलताका रुपमा लिने गरिन्छ । २०१९ मा भारतीय टिमका तीन बलरले क्रिकेटको तीन वटै फर्म्याटमा ह्याट्रिक लिएका छन् ।

क्रिकेट इतिहासमा पहिलोपटक एकै देशका तीन बलरले एकै वर्षमा ह्याट्रिक लिएका हुन् । भारतीय क्रिकेट टिमका मोहम्मद शामीले एक दिवसीयअन्तर्गत इंग्ल्यान्डमा भएको विश्वकपको एक खेलमा आफगानिस्तानविरुद्ध ह्याट्रिक लिएका थिए । २२ जुनमा भएको त्यस खेलमा शामीले मोहम्मद नाबी (५२)अफताब आलम(०) र मुजीबर रहमान(०) लाई लगातार आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

त्यसपछि सेप्टेम्बर २०१९ मा किगंस्टनमा भएको वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका युवा स्टार बलर जसप्रित बुमराहले सिरिजको दोस्रो टेस्टमा ह्याट्रिक लिएका थिए । बुमराहले पहिलो पारीको ९ औं ओभरको दोस्रो,तेस्रो र चौथो बलमा ड्यारेन ब्राभाे (४), शाहमार ब्रुक्स (०) र रोस्टन चेज (०) मा आउट गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए । त्यस खेलमा बुमराहले पाँच विकेट लिएका थिए ।

त्यस्तै नोभेम्बर १० मा नागपुरमा भएको टी-२० तर्फ  तीव्र गतिका बलर दिपक चाहरले नागपुरमा खेलिएको खेलमा बंग्लादेशविरुद्ध ह्याट्रिक लिएका छन् । चाहरले १८औं ओभरको अन्तिम बलमा शैफुल इस्लामलाई क्याचआउट गराएका थिए ।

अन्तिम ओभरमा पुन उनी नै बलिङमा आए । २० औं ओभरको पहिलो र दोस्रो बलमा मुस्तफिजुर रहमान र अमिनुल इस्लामलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया