धोनीको अगाडि ब्राभो र हरभजनको यस्तो डान्स !

 जेठ ९, २०७५ बुधबार १४:१३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ९ – इन्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) २०१८ को पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादमाथि २ विकेटको रोमाञ्चक जित हात पार्दै चेन्नई सुपर किंग्स फाइनलमा पुगेको छ ।

चेन्नईका ब्याट्सम्यान डू प्लेसिस र शादुल ठाकुरले विस्फोटक ब्याटिङ गर्दै अन्तिममा चेन्नईलाई जिताएका हुन् । 

मुम्बईको वानखेडे रंगशालामा भएको खेलमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिले फिल्डिङ रोजेका थिए । पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । १४० रनको झिनो लक्ष्य पाएको चेन्नईको आशा एक समय लगभग समाप्त भइसकेको थियो । तर डू प्लेसिसको नटआउट ६७ रन तथा शार्दुल ठाकुरको नटआउट १५ रनको योगदानले चेन्नईले रोमाञ्चक जित हात पार्यो । चेन्नईले १९ दशमलब १ ओभरमा ८ विकेट गुमाउँदै १४० रन बनाएको थियो । डू प्लेसिस म्यान अफ् द म्याच भए । 

https://twitter.com/ChennaiIPL 

जब टिमले महत्वपूर्ण खेलमा जित हात पार्यो चेन्नईका खेलाडीले खुशीयाली त मनाउने नै भए । जितपछि ड्रेसिङ रुममा पुगेका ड्वेन ब्राभो र हरभजन सिंह गज्जबले नाचे । उनीहरु गीत गाउँदै झुमिरहेका थिए भने कुर्सीमा बसेका ‘क्याप्टेन कूल’ धोनी भने मुसुमुसु हाँसिरहेका थिए । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया