साउदीमा नेपाली ड्राइभरको व्यथा : पैंतीस लाख रुपैयाँ तिर्न नसक्दा मरुभूमिको बास

 साउन २, २०७५ बुधबार ८:१०:३५ | रीतु थेबे
unn.prixa.net

काठमाडौं – समय ठिकै गरी चलिदिएको भए प्रशान्त लिम्बू यतिबेला साउदी अरेबियाबाट घर फर्कन झिटिगुन्टा तयार पारिरहेका हुन्थे । परिवार र आफन्तका लागि दुई चार पोका छोकडा (खजुर) र लत्ताकपडा ‘सपिङ’ गरिरहेका हुन्थे । 

तर समय प्रशान्तको पक्षमा रहेन । घर फर्कने दिनको टुंगो छैन । खान बस्न समस्या परेको छ । एकलाख २० हजार रियाल अथवा ३५ लाख रुपैयाँ खनखनी नगनी उहाँ नेपाल फर्कन सक्नुहुन्न । 

झापाको बुद्धशाान्ति गाउँपालिका ४ का प्रशान्त जुलाई २०१६ मा ड्राइभरको भिसामा साउदीको कारम अल खालिज कम्पनीमा जानुभएको हो । त्यहाँ पुगेको आठ महिनामा नै एक छोराका पिता २६ वर्षे प्रशान्तलाई आपत आइलाग्यो । 

रियादको धुर्मामा भएको सडक दुघर्टनापछि अदालतले तोकेको ब्लडमनी र क्षतिपूर्तिबापतको यो रकम नबुझाई साउदीले प्रशान्तलाई ‘एक्जिट’ भिसा लगाइदिँदैन । महिनामा१८ सय रियाल कमाउने गरी साउदी पुगेका प्रशान्तलाई यति धेरै पैसा तिर्न सजिलो छैन । 

अर्कातिर अहिले हातमा काम पनि छैन । मरुभूमिमा बेटुंगो बसाई बसिरहेका प्रशान्त सम्पर्कमा भएकाहरुसँग भन्नुहुन्छ, ‘मलाई जसरी पनि नेपाल फर्काइदिनुपर्‍यो । यो गुन कहिल्यै बिर्सन्न ।’

झापाको बुद्धशाान्ति गाउँपालिका ४ का प्रशान्त जुलाई २०१६ मा ड्राइभरको भिसामा साउदीको कारम अल खालिज कम्पनीमा जानुभएको हो । त्यहाँ पुगेको आठ महिनामा नै एक छोराका पिता २६ वर्षे प्रशान्तलाई आपत आइलाग्यो । 

प्रशान्तले चलाएको गाडीमा कार आएर ठोक्कियो 

ट्रायल समेत नगराई कम्पनीले प्रशान्तलाई गाडी चलाउन लगाएको थियो । २९ अप्रिल २०१७का राति उहाँ गाडीमा सामान लोड गरेर गन्तव्यतिर जाँदै हुनुहुन्थ्यो । रियादको धुर्मा पुग्दा प्रशान्तले चलाइरहेको ट्रकमा पछाडिबाट कार ठोक्कियो । कार चालक साउदी नागरिक थिए । दुघर्टनामा उनको ज्यान गयो । 

नेपाली दूतावासका कारण प्रशान्तले ब्लडमनी र क्षतिपूर्तिका लागि तोकिएको आधा मात्रै पैसा तिर्नुपर्ने भयो । यो बाहेक दूतावासले प्रशान्तका लागि तत्कालै गर्न सक्ने केही काम छैन । कन्सुलर सेवा विभागलाई पत्र पठाएर दूतावासले आवश्यक जानकारीका लागि भन्दै फैसलाको सारा‌ंश पठाएको छ । 

दुघर्टनामा साउदी नागरिकको मृत्यु भएपछिप्रशान्तलाई प्रहरीले पक्राउ गर्‍यो । र मलास जेलमा थुनामा राख्यो । १३ फेब्रुअरी २०१८ मा उहाँ जेलमुक्त हुनुभयो । जेलमुक्त हुनु एक महिना अगाडि अदालतले प्रशान्त र उहाँ कार्यरत कम्पनीलाई दुघर्टना हुनुमा ७५ प्रतिशत दोषी ठहर गर्‍यो । 

प्रशान्त र उहाँ कार्यरत कम्पनीले दुईलाख २५ हजार रियाल ब्लडमनी र गाडीको क्षतिपूर्तिबापत १५ हजार रियाल तिर्नुपर्ने भयो । ब्लडमनी र क्षतिपूर्तिबापतको दुई लाख ४० हजार रियाल (झण्डै ७० लाख रुपैयाँ) मध्ये आधा रकम अथवा एक लाख २० हजार रियाल प्रशान्तले तिर्नुपर्ने भयो । त्यो पैसा तिर्न नसक्दा उहाँ फर्कन नपाउनु भएको हो । 

जेलमुक्त भएपछि उहाँ कम्पनीको लेबर क्याम्पमा गएर बस्नुभयो । कम्पनीले दुई महिना लेवरको काममा लगायो । तर कम्पनीले तलब समेत नदिई कामबाट निकाल्यो । अहिले उहाँ साथीभाइको सहयोगमा रियादबाट २० किलोमिटरको दूरीमा रहेको कसुरमग्बुलमा बसिरहनुभएको छ । 

पहाडको दुःख र गरिबीका कारण ताप्लेजुङको थुकिमाबाट झापाको शान्तिनगरमा २०४५ सालमा बसाईं सरेका उदयसिंहलाई अभावले छाडेको छैन । अहिले त छोरो फर्काउने भारीले थिचेको छ ।

साउदीस्थित नेपाली दूतावासले कम्पनी पनि दोषी रहेको भनेर प्रमाणित गर्न सघाएको छ । दूतावासका कारण प्रशान्तले ब्लडमनी र क्षतिपूर्तिका लागि तोकिएको आधा मात्रै पैसा तिर्नुपर्ने भयो । यो बाहेक दूतावासले प्रशान्तका लागि तत्कालै गर्न सक्ने केही काम छैन । कन्सुलर सेवा विभागलाई पत्र पठाएर दूतावासले आवश्यक जानकारीका लागि भन्दै फैसलाको सारा‌ंश पठाएको छ । 

असारको चटारो छाडेर छोरो फर्काउन उदयसिंह काठमाडौंमा 

जेठो छोरो साउदीमा बिजोग भएपछि हिजोआज बुवा उदयसिंह मादेनको समय विभिन्न संघसंस्था धाउँदैमा बित्छ । मानाे खाएर मुरी फलाउने बेला अथवा असारको चटारोमा पनि उहाँ काठमाडौंमा हात जोड्दै विभिन्न निकायमा धाइरहनु भएको छ । 

पहाडको दुःख र गरिबीका कारण ताप्लेजुङको थुकिमाबाट झापाको शान्तिनगरमा २०४५ सालमा बसाईं सरेका उदयसिंहलाई अभावले छाडेको छैन । अहिले त छोरो फर्काउने भारीले थिचेको छ ।

छोरो कसरी फर्काउने भनेर सल्लाह लिन प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) पुगेका बेला भेटिएका उदयसिंहले भन्नुभयो, ‘के कसरी हुन्छ, छोरा फर्काइदिनु पर्‍यो । त्यत्रो पैसा तिर्न केही सीप नचल्ने भो ।घरबारी बेच्दा पनि त्यत्रो पैसा आउँदैन ।’

याे पनि पढ्नुहाेस् 

साउदीमा पूर्णबहादुरको व्यथा : भिसा ट्रक ड्राइभरको, काम उँट गोठालोको

अन्तिम अपडेट: चैत २८, २०८०

रीतु थेबे

थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया