टी-१० लिग : पारसकाे टिमले पहिलाे खेलमा बराबरी खेल्याे

 कात्तिक ३०, २०७६ शनिबार ७:५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईमा जारी टी-१० लिग क्रिकेटमा पहिलो खेलमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेकाे टिम आबुधाबीले टिमले कलन्दरसँग बराबरी खेलेको छ ।

यो खेलमा पारस खड्काले ब्याटिङमा नटआउट तीन रन बनाए पनि बलिङ भने गर्न पाएनन् ।

पहिलो खेलमा नै प्लेइङ सेटमा परेका पारस पाँचौ नम्बरमा ब्याटिङमा आएका थिए । जसमा उनले पहिलो बल फेस गर्दा दुई रन लिएका थिए । अर्को तर्फ ब्याटिङ गरेका कोरी एन्डरसनले लगातार बाउन्ड्री प्रहार गरेकाले पारसले खासै ब्याटिङको मौका पाउनन् ।

तर पनि उनले एन्डरसनसँग रनिङ बिट्वीन द विकेटमा राम्रो गरेका थिए । तर उनले दोस्रो बलमा रन लिन सकेनन ।अन्तिम बलमा उनले थप एक रन लिन सफल भए ।

जसका कारण उनको टिमले २० ओभरमा ६ विकेट गुमाउदै एक सय तीन रन बनाएको थियो । जवाफमा कलन्दर्सले पनि १० ओभरमा तीन विकेट गुमाउँदा एक सय तीन रन बनाउँदा खेल बराबरी भयो । जसका कारण दुवै टिमले अंक बाँडे ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया