सचिन तेन्दुल्कर काठमाण्डाैमा

 कात्तिक ३०, २०७६ शनिबार ७:१६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतका पूर्व-क्रिकेटर सचिन तेन्दुलकर युनिसेफको पाेषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आएका छन् । उनी शुक्रबार राति काठमाण्डाै आइपुगेका हुन् ।

विमानस्गलमा उनलाई युनिसेफका पदाधिकारीले स्वागत गरेका थिए । गाेप्य रुपमा काठमाण्डाै‌ आएका सचिन विशेष सुरक्षामा हाेटेल गएका थिए । युनिसेफको सदभावना दूत रहेका तेन्दुलकरले कीर्तिपुरको मैदानमा शनिबार नेपालका पूर्व खेलाडी बिनाेद दासकाे टिमसँग च्यारिटी खेल खेल्ने  भएका छन् ।

दुवै टिममा युनिसेफले स्कुलका विद्यार्थीलाई समावेश गरेर टिम गरिएकाे छ । सचिन काठमाण्डाैकाे द्वारिका हाेटेलमा बसेका छन् ।

यही कार्यक्रमका लागि हाल भारतमा रहेका यू-१९ टिमका प्रशिक्षक विनोदकुमार दास नेपाल आइसकेका छन् । शनिबार कीर्तिपुर मैदानमा बिहान १० बजेबाट खेल सुरु हुनेछ ।

बालबच्चालाई पौष्टिक आहारका विषयमा सचेतना अभियानअन्तर्गत उनि समावेश गरिएका हुन् ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया