छोकडा बरामद गर्ने क्रममा सतुआही नाकामा सशस्त्र प्रहरी र स्थानीयबीच झडप

 कात्तिक ३०, २०७६ शनिबार १०:२९:५८ | जयनारायण यादव
unn.prixa.net

बारा - बाराको सिम्रौनगढ नगरपालिका-७, सतुआही नाकामा शुक्रबार राति छोकडा बरामद गर्ने क्रममा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ ।

झडपका क्रममा सशस्त्र प्रहरीले दश राउन्ड हवाई फायर गरेको छ । अवैध रुपमा भारततर्फ लैजाँदै गरेको छोकडा बरामद गर्ने क्रममा झडप भएको हो । सशस्त्र प्रहरीले बरामद गरेको छोकडा पर्सा टोलका स्थानीयबासीले खोसेर लगेपछि झडपकाे स्थिति सिर्जना भएकाे थियाे । सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेपछ हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले जानकारी गराउनु भयो ।

झडपका क्रममा दुई जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया