इलामकाे सन्दकपुरमा भारतीय नियन्त्रणमा रहेको नेपाली भूमिमा अनेरास्ववियुले फहरायो राष्ट्रिय झन्डा

 कात्तिक ३०, २०७६ शनिबार १६:४५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम - इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले भारतीय सिमा सुरक्षा बल (एसएसबी) सँग प्रतिकार गर्दै शनिवार नेपालको राष्ट्रिय झन्डा फहराएको छ ।

केही समय अगाडि गाउँपालिकाले सुरू गरेको भ्यु टावर निर्माण अवरुद्ध गर्दै भारतीय सीमा सुरक्षा बलले त्याे ठाउँ कब्जा गरेको थियोे । कब्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)  ले बल प्रयोग गरेपछि (एसएसबी) र अनेरास्ववियुका कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो ।

झडपमा सीमा सुरक्षा बल (एसएसबी) का एक जवान सामान्य घाइते भएका छन् ।

अनेरास्ववियुका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलीले भारतले निषेधित क्षेत्र भनेर लेखेको बाेर्डसमेत भत्काएर फ्याँकिदिएका छन् । कब्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विद्यार्थीहरूले नाराजुलुस पनि गरेकाे अनेरास्ववियुले जनाएकाे छ ।

तस्बिर: आरसी लामिछाने

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया