आइलम्पिक हिमाल आरोहण गरेर फर्किने क्रममा विदेशी नागरिकको ज्यान गयो

 कात्तिक ३०, २०७६ शनिबार २०:४८:१८ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - आइलम्पिक पिक आरोहण गरेर फर्कने क्रममा लडेर शुक्रबार एक डेनिस एक नागरिकको ज्यान गएको छ ।

पिक आरोहण गरी फर्कने क्रममा सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ मा शुक्रबार ३५ वर्षीय आन्ड्रेस ब्याक पेडर्सनको ज्यान गएाके सोलुखुम्बु प्रहरीले जनाएको छ ।

पेडर्सन झण्डै २ सय मिटर तल खसेपछि घटनास्थलमै ज्यान भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद चिमोरियाले जानकारी दिनुभयो ।

कानुनी प्रक्रिया पुरा गरी शवलाई सिम्रिक एयरलाइन्सको हेलिकप्टरबाट काठमाण्डौकाे त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृतक पेडर्सनसहित ११ जनाको समूह फुटलोज इन द हिमालयन प्रालिमार्फत हिमाल आरोहणका लागि खुम्बु आएका बताइएको छ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया