विप्लव समूहका एरिया इञ्चार्ज पक्राउ

 मंसिर १, २०७६ आइतबार ८:३५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – प्रहरीले पश्चिम दाङबाट प्रतिबन्धित विप्लव माओवादीका एक जना कार्यकर्ता पक्राउ गरेको छ ।

दाङको बबई गाउँपालिका –५ ट्वाङखोलाबाट प्रदेश  ३– ०२००७ प १२०४ नम्बरको मोटरसाइकलसहित  लुकीछिपि हिँडिरहेको अवस्थामा विप्लव समूहका एरिया इञ्चार्ज ३२ वर्षीय निमबहादुर डाँगी ‘रक्तिम’ पक्राउ परेको प्रहरीले जनाएको छ । 

मोटरसाइकलसहित पक्राउ परेका डाँगीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया