च्यालेन्जर्स ट्रफीको तेस्रो स्थानका लागि नेपाल टस हारेर बलिङमा

 मंसिर १, २०७६ आइतबार ९:५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतमा भइरहेको च्यालेन्जर्स कपमा नेपाली यू१९ टिमले आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै छ ।  नेपाल टस हारेर बलिङमा छ ।

नेपालसहित भारतका तीन टिम सहभागी यस प्रतियोगितामा नेपालले सबै खेलमा पराजय भोगेको थियो ।

फाइनल पुग्न बञ्चित भएको नेपालले आइतबार तेस्रो स्थानका लागि भारतको ‘पहेँलो’ टिमसँग खेल्न लागेको हो । पहँलो टिमले नेपाललाई समूह चरणमा पराजित गरेको थियो भने रातो र निलोसँग पराजित भएको थियो ।

भारतको रातो टिमसँग १०७ रनले पराजित भएको नेपालले भारत निलोसँग २ विकटले पछि परेको थियो । यस्तै पहेँलो टिमसँग पनि नेपाल १० विकेटले पराजित भएको थियो ।

तेस्रो स्थानका लागि हुने खेलका लागि आइतबार नेपालले केही खेलाडी परिवर्तन गरेको छ । आइतबार विवेक यादव र खडक बोहोरालाई प्लेयिङ सेटमा राखिएको छ भने अभिषेक बस्नेत र गौतम केसीलाई बाहिर राखिएको छ । विवेकको यू १९ मा डेब्यू खेल पनि हो ।

– यसअघि नेपाल टस हारेर बलिङमा हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छाैँ । –सम्पादक

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया