सचिन तेन्दुलकरले भेटे प्रधानमन्त्री ओलीलाई

 मंसिर १, २०७६ आइतबार १५:१९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सामाजिक कामका लागि काठमाण्डौ आएका भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सचिनले आइतबार भेट गरेका हुन् । युनिसेफको सद्भावना दूतसमेत रहेका सचिन शुक्रबार राति काठमाण्डौ आएका थिए । उनले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बालबालिका तथा नेपाली महिला टिमका खेलाडीसँग अन्तरक्रिया गरेका थिए ।

सचिनसँग भेट हुँदा प्रधानमन्त्री ओलीले प्रसिद्ध खेलाडी भेट्न पाएकोमा आफू खुसी भएको बताउनुभयाे । जवाफमा सचिनले पनि नेपालमा आफूले राम्रो आत्मीयता पाएको र बालबालिकाको क्षेत्रमा सकारात्मक काम भइरहेकोमा खुसी व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया