सिद्धार्थ राणा व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित

 मंसिर १, २०७६ आइतबार २०:४१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिप्रदी ट्रेडिङ प्रालिका अध्यक्ष सिद्धार्थ राणा व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेर सम्मानित हुनुभएको  छ ।

आठौँ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले राणालाई व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेकोमा सम्मान गरेकोहो । कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले व्यवसायीहरुलाई सम्मान गर्नुभएको हो ।

व्यवसायी राणा यसपटकसमेत गरेर छैटौँ पटक याे सम्मानबाट सम्मानित हुनुभएको छ ।

टाटा मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ बाहेक होटल सोल्टीमा पनि राणाको सेयर छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया