स्काइप चलाउनुहुन्छ ? यस्तो छ नयाँ संस्करणका विशेषता

 साउन २, २०७५ बुधबार ११:४५:२३ | एजेन्सी
unn.prixa.net

स्काइपले माइक्रोसफ्ट डेस्कटपका लागि नयाँ संस्करण ८.० सार्वजनिक गरेको छ । जसले ‘स्काइप क्लासिक ७.०’  लाई विस्थापन गर्नेेछ । 

स्काइप टिमले मंगलबार विज्ञप्ति जारी गर्दै नयाँ संस्करणमा एचडी भिडियो तथा ग्रुप कल जस्ता फिचर्स रहेको जनाएको छ । अब स्काइपबाट एकै पटक २४ जनासम्मले ग्रुप कल गर्न सक्नेछन् । 

स्काइप टिम भन्छ, ‘हामीले सेवाग्राहीले दिएको प्रतिक्रिया अनुसार नयाँ फिचर्स थपेका हौँ ।’

स्काइप ८.० मा मेसेज रिएक्सन्स, च्याट मिडिया, तथा एकै पटक ३ सय एमबीसम्मको तस्बिर तथा भिडियो पठाउने सुविधा पनि रहेको छ । 

साथै स्काइपले भिडियो टु भिडियो प्लेटफर्म, रिड रिसिप्ट्स, एन्ड टु एन्ड एनक्रिप्टिेड स्काइप अडियो कल तथा टेक्स्ट मेसेजलगायतका सुविधा रहेको स्काइपले बताएको छ । 

स्काइपले नयाँ संस्करण आइप्याडका लागि पनि सार्वजनिक गर्दैछ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया