झुलाघाट नाका चार दिन बन्द हुने

 मंसिर २, २०७६ सोमबार १८:१७:१९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिनका लागि बन्द हुने भएको छ । 

भारतको पिथौरागढ जिल्लामा विधानसभा उपचुनाव हुन लागेको भन्दै झुलाघाट नाका आउँदो मंसिर ६ गतेदेखि ९ गतेसम्म बन्द हुन लागेकाे हाे । विधानसभा सदस्य प्रकाश पन्तकाे निधन भएपछि याे क्षेत्र रिक्त रहेकाे थियाे ।

यही मंसिर ८ गते (नोभेम्बर २५ तारिख) भारतको पिथौरागढमा विधान सभाको उपचुनाव हुन लागेकोले सुरक्षा संवेदनशीलताको कारण आउँदो मंसिर ६ गते साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । 

सीमा बन्द रहेको अवस्थामा आकस्मिक रुपमा खोल्नुपरेमा दुवै पक्षको आपसी सहमतिमा खोल्न सकिने निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभयो । 

यसअघि गएको असोज १८ गते भारतको पिथौरागढ जिल्लामा पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि बैतडीको झुलाघाट नाका असोज १६ गतेदेखि असोज १८ गते ३ दिनसम्म बन्द गरिएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया