जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ - सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबामा सुरुङमार्ग बनाउन अर्थ मन्त्रालयले स्रोतको सुनिश्चिता दिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावलाई स्वीकृत गर्दै अर्थ मन्त्रालयले १० अर्ब रुपैयाँ दिने निर्णय गरेको हो ।
डिजाइन एन्ड बिल्ड मोडालिटीबाट खर्च गर्ने गरी १० अर्ब १५ करोड रुपैयाँको स्रोत उपलब्ध गराउने अर्थ मन्त्रालयले जनाएको छ । मध्यकालीन खर्च संरचनाभित्र रहेले १ दशमलव २४ किलोमिटर लामो सुरुङमार्ग बनाउन स्रोत दिइएको पनि अर्थले जनाएको छ ।
अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेसँगै रुपन्देही र पाल्पा जोड्ने सिद्धबाबाको भिरमा सुरुङमार्ग बन्ने पक्का भएको छ । बर्खामा हिले पहिरो र हिउँदमा धुले पहिरोले यो सडकमा बर्सेनि हुने दुर्घटनामा परि कैयाैँले ज्यान गुमाएका छन् ।