टी-१० क्रिकेट लिगमा क्रिस लिनले बनाए सर्वाधिक रनकाे रेकर्ड

 मंसिर २, २०७६ सोमबार २१:२०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईमा जारी टी-१० क्रिकेटमा क्रिस लिनले सर्वाधिक व्यक्तिगत रनको रेकर्ड बनाएका छन् । उनले साेमबार नेपाली खेलाडी पारस खड्का आबद्ध टिम आबुधाबीविरुद्ध नट आउट ९१ रन बनाउँदै रेकर्ड बनाएका हुन् ।

यसअघि टी-१०मा अस्ट्रेलियाका एलेक्स हलले मराठा अरेबिययनका लागि नट आउट रहँदै ८७ रन बनाएका थिए । तर आजको खेलमा पनि मराठा अरेबियनबाट खेलिरहेका अस्ट्रेलियाका क्रिस लिनले नट आउट ९१ रन बनाए । उनले ३० बल खेल्दा ९ चौका र ७ छक्का प्रहार गरे ।

क्रिस लिनको विस्फोटक ब्याटिङकाे मद्दतले मराठाले निर्धारित ओभरमा २ विकेट गुमाएर १३८ रन बनाएको थियो । जवाफमा पारस आबद्ध टिम आबुधाबीले १० ओभरमा ३ विकेट गुमाउँदै ११४ रन मात्रै बनायाे । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया