मंगलबार सबै विदेशी मुद्राको भाउ बढ्यो

 मंसिर ३, २०७६ मंगलबार १०:४९:२४ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार सबै विदेशी मुद्राको भाउ बढेको छ । 

मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११५ रुपैयाँ २६ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा रहेको थियो । 

आज मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ १३ पैसा रहेको छ । हिजो खरिददर २९७ रुपैयाँ ९६ पैसा रहेको थियो । 

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा छ । हिजो पनि खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा थियो । 

वन १ सयको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा पुगेको छ । हिजो ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको थियो । 

मंगलबार कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ५७ पैसा रहेको छ । हिजो खरिददर ३७७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७९ रुपैयाँ १८ पैसा रहेको थियो ।  

बहराइन दिनार १ को खरिददर ३०४ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४५ पैसा रहेको थियो ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया