चालू आर्थिक वर्षभित्र नेपालकाे आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्न कुनै समस्या छैन : विश्व बैंक

 मंसिर ३, २०७६ मंगलबार १९:२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । 

दक्षिण एसियाको आर्थिक वृद्धिदर केही घटे पनि त्यसले नेपालको आर्थिक वृद्धिदरमा भने कुनै फरक नपार्ने बैंकले मंगलबार काठमाण्डौमा सार्वजनिक गरेकोे प्रतिवेदनमा उल्लेख गरिएको छ ।

रेमिट्यान्सलगायतका कारण नेपालको आर्थिक वृद्धिदर भने चालू आर्थिक वर्षभित्र ७ दशमलव १ प्रतिशत पुग्न कुनै समस्या नरहेको विश्व बैंकको अध्ययन प्रतिवेदनले देखाएको अर्थविद् विश्व पौडेलले जानकारी दिनुभयो ।

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरलाई निरन्तरता दिन उद्योग स्थापनामा जोड दिनुपर्ने र कर असुलीलगायतका अधिकार स्थानीय तहलाई दिन उपयुक्त हुने सुझाव पनि दिएको छ ।

बजारका अवरोध हटाउने तर स्थानीय तहले नै कर उठाउनेलगायतका काम गर्दा नेपालको आर्थिक वृद्धिदर झनै बढेर जाने विश्व बैंकको निष्कर्ष रहेको पनि अर्थविद् पौडेलले बताउनु भयो । प्रतिवेदनमा उत्पादन घटेका कारण दक्षिण एसियामा भने आर्थिक वृद्धिदर केही घट्न गएको पनि स्पष्ट पारिएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया