वेल्स युरो कप फुटबलमा छनोट

 मंसिर ४, २०७६ बुधबार ९:१३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

हंगेरीलाई २–० ले हराउँदै वेल्स अर्को वर्ष हुने युरोपियन च्याम्पियनसिपमा छनोट हुन सफल भएको छ ।

छनोट हुनका लागि जित्नै पर्ने दबाबकाबीच घरेलु मैदानमा भएको खेलमा वेल्सलाई जित दिलाउनका लागि आरोन राम्से नायक बने । युरो छनोट प्रतियोगितामा पहिलो पटक प्लेइङ सेटमा परेका राम्सेले पहिलो हाफमै वेल्सलाई अग्रता दिलाउन सफल भए ।

कार्डिफ सिटी स्टेडियममा ग्यारेथ बेलले १५औं मिनेटमा दिएको क्रसलाई राम्सेले हेडर गोल गरेका थिए ।

त्यसपछि पनि वेल्सले हंगेरीमाथि दबाब दिएको थियो । त्यसक्रममा हंगेरीका गोलकिपरले दुईवटा उत्कृष्ट बचाउ गरेका थिए ।

दोस्रो हाफको दोस्रो मिनेटमा राम्सेले दोस्रो गोल गरे । उनले पेनाल्टी एरियाबाट उत्कृष्ट फिनिस गरेका थिए ।

खेलमा ग्यारेथ बेलको उत्कृष्ट फ्रिकक गोलमा परिणत हुन सकेन भने राम्सेले पनि ह्याट्रिक गर्ने मौका पाएका थिए । जसलाई हंगरीका गोलकिपरले बचाउ गरे ।

अर्को वर्ष हुने युरो कपका लागि पहिलो चरणको छनोट सकिएको छ । छनोट चरणका दश समूहबाट विजेता र उपविजेता छनोट भएका हुन् ।

युरो कपमा २४ टिमले सहभागिता जनाउँदैछन् । २० टिम छनोट हुँदा चार स्थान बाँकी छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया