सिरहाबाट हराएको डिजेल बोकेको ट्यांकर धनुषामा रित्तो फेला

 मंसिर ४, २०७६ बुधबार १०:४३:४९ | उज्यालो सहकर्मी

धनुषा – सिरहाको लहानबाट २ दिन अघि हराएको डिजेल भरिएको ट्यांकर धनुषाको रमदैयामा रित्तो फेला परेको छ ।

बुधबार बिहान साढे ७ बजे धनुषाको क्षिरेश्वरनाग नगरपालिका –१ रमदैयास्थित राजदेवी मन्दिरको छेउमा पार्किङ गरेको अवस्थामा रित्तो फेला परेको इलाका प्रहरी कार्यालय महोन्द्रनगरका प्रहरी निरीक्षक अमृत दाहालले जानकारी दिनुभयो ।

उहाँले घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि जानकारी दिनुभयो ।

गएको आइतबार दिउँसो अमलेखगञ्ज डिपोबाट २० हजार डिजेल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका लागि छुटेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर त्यहि राति ११ बजे सिरहाबाट हराएको थियो ।

डिजेल लोड भएको ट्याङ्कर हराएपछि छानबिनको लागि निगमले समिति पनि गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनियर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया