एनआईसी एसिया बैंकको सुपर चमत्कारिक मासिक निक्षेप खाता योजना

 मंसिर ४, २०७६ बुधबार १३:३३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  एनआईसी एसिया बैंकले सुपर चमत्कारिक मासिक निक्षेप खाता योजना ल्याएको छ ।  यो एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो, जसमा ग्राहकहरुले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तीय स्रोत जुटाउनका मासिक रुपमा किस्ताको हिसाबले खातामा रकम जम्मा गर्न सक्छन् ।

रिकरिङ्ग निक्षेप योजना अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासमासमेत निकै नै प्रचलित एवम् पहिलादेखि नै सञ्चालनमा रहेको योजना हो । नेपालमा केही बैंकहरुले विभिन्न नाममा रिकरिङ्ग निक्षेप योजनाहरु सञ्चालन गरी निक्षेप स्रोत परिचालन गरीरहेका छन् । 

बैंकले सार्वजानिक गरेको ‘सुपर चमत्कारिक खाताहरु’ अन्तर्गत ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बचत खाता नभएर एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले तीन महिनादेखि १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुसार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सक्नेछन्  । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया