मन्त्रिमण्डल पुनर्गठन : नेकपा सचिवालयको बैठक चल्दै

 मंसिर ४, २०७६ बुधबार १४:२३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छ । 

बुधबार बिहानका लागि बैठक बोलाइएको भए पनि तयारी नपुगेको भन्दै ढिला गरी बैठक सुरु भएको हो । बैठकमा पार्टी एकताका बाँकी विषय टुङ्ग्याउने र मन्त्रिमण्डल फेरबदलका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू निकट केही मन्त्री तथा नेताहरुसँगको परामर्शमा मन्त्रिपरिषद् हेरफेरको तयारी गर्नुभएको हो । स्रोतका अनुसार ५ देखि १० जनासम्म मन्त्री परिवर्तन हुन सक्नेछन् ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा, महासचिव विष्णुप्रसाद पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल मुलुक बाहिर रहेकाले बैठकमा सहभागी हुनुभएको छैन ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया