माैरीको टोकाइबाट सर्लाहीमा एक जनाको ज्यान गयो, पाँच जना घाइते

 मंसिर ५, २०७६ बिहिबार १३:१३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – वन माैरीकाे टोकाइबाट मलङ्गवा–७ मुसैलीमा १ बालककोे ज्यान गएको छ भने पाँच घाइते भएका छन् ।

बाँसघारीमा रहेको माैरीले चिल्दा स्थानीय गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

अन्य पाँच जनाको जिल्ला अस्पताल सर्लाहीमा उपचार गरी थप उपचारको लागि वीरगञ्ज पठाइएको छ । मौरीको टोकाइबाट ३५ वर्षीया चिन्तादेवी राय, उनका छोरा चार वर्षीय रवीकुमार राय, २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएका हुन् ।

बाँस घारीमा रहेको जंगली मौरीलाई बालबालिकाले ढुंगा हानेपछि खेतमा काम गरिरहेकाहरुलाई टोकेको हो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया