गुणस्तरीय स्वास्थ्य सेवा नागरिकसम्म पुर्‍याउनु मेराे पहिलाे प्राथमिकता : मन्त्री ढकाल

 मंसिर ५, २०७६ बिहिबार १८:१४:४८ | रासस
unn.prixa.net

काठमाण्डौ – नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले संविधानमा व्यवस्था भएअनुसारको स्वास्थ्य सेवा पुर्‍याउन र समग्र स्वास्थ्य सुधार गर्न आफूले पहिलो ध्यान दिने बताउनुभएको छ । 

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकलाई सुलभरूपमा प्रदान गर्न अझ ध्यान दिएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्री ढकालले आफूले मन्त्रालयको जानकारी लिएपछि अस्पतालका बारेमा स्थलगतरूपमा बुझ्ने जानकारीसमेत दिनुभयो ।  

यसअघि उहाँ कानून न्याय तथा संसदीय मामिला मन्त्री हुनुहुन्थ्यो । बुधबार मन्त्रिपरिषद् पुनर्गठित हुँदा यसअघिका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्राललयको जिम्मेवारी पाउनुभएको छ । 

बिहीबार नै नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले पनि आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।  

पदभार ग्रहण कार्यक्रममा मन्त्रालयका सचिव खगराज बरालले नवनियुक्त मन्त्री ढकाल र राज्यमन्त्री रावतलाई स्वागत गर्दै मन्त्रालयको समग्र नीति तथा कार्यक्रमका बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया