सामुहिक बलात्कारका मुख्य अभियुक्त तीन वर्षपछि पक्राउ

 मंसिर ८, २०७६ आइतबार १०:२६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – मायादेवी गाउँपालिका–१ मा तीन वर्ष अघि भएको सामुहिक  बलात्कार घटनाका मुख्य अभियुक्त शनिबार पक्राउ परेका छन् । घटना पछि फरार रहेका मायादेवी गाउँपालिका– १ का २१ वर्षीय कलामुद्दिन मुसलमान शनिबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।

घटना पछि फरार भएका कलामुद्दिन मुसलमान सुटुक्क घर आएको बेलामा विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबार उनलाई जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले बताउनुभयो ।

२०७३ साल माघ १६ गते पाँच जनाको समूहले मायादेवी गाउँपािलका –१ पकडीको सिसौ बारीमा स्थानीय एक युवतीमाथि सामुहिक बलात्कार गरेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा मायादेवी गाउंपालिका– १ का २६ वर्षीय राहत हुसेन र २० वर्षीय बब्लु भन्ने अब्दुल रसिद मुसलमान यस अघि नै पक्राउ परेका थिए । बाँकी तीन जना फरार रहेकोमा शनिबार मुख्य अभियुक्त पक्राउ परेको डीएसपी मल्लले बताउनुभयो ।

सामुहिक बलात्कारको भिडियोसमेत बनाएर उनीहरुले सामाजिक सञ्जालमा राखेका थिए ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया