पशुपति आउने वृद्धवृद्धा तथा अशक्तका लागि विद्युतीय गाडी

 मंसिर ११, २०७६ बुधबार १६:४७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतीय महिला संघ काठमाण्डौले पशुपति क्षेत्र विकास कोषलाई २ वटा विद्युतीय गाडी उपलब्ध गराएको छ ।

भारतीय महिला संघका अध्यक्ष नम्रिता पुरीले उच्च गुणस्तरको लिथियम आयन ब्याट्रीजडित आठ सिट क्षमताको २ वटा विद्युतीय गाडी बुधबार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष पुरीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र महिला, बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरुका लागि विद्युतीय सवारीसाधनहरु उपयोगी हुने बताउनुभयो । उहाँले भारत र नेपालका जनताबीच रहेको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले विद्युतीय सवारी साधन वृद्धवृद्धा तथा अशक्त तथा महिलाहरुका लागि उपयोगी हुने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया