हुम्लामा टिप्पर दुर्घटना : तीन जनाको ज्यान गयो, १२ घाइते

 मंसिर ११, २०७६ बुधबार १७:५६:७ | रमेश ऐडी
unn.prixa.net

हुम्ला – हुम्लाको सिमकोट गाउँपालिका-७ नाग्मामा टिप्पर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

खाद्य संस्थानको चामल बोकेर सल्लीखोलाबाट सदरमुकामा सिमकोट जाँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिप्पर नाग्मामा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हुम्लाका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयाे ।

ज्यान गुमाउनेमा नाम्खा गाउँपालिका–१ हेक्पाका नरी लामा, छिरिङ तार्मा लामा र नाम नखुलेका हिल्सा सडक आयोजनामा काम गर्ने कार्यालय सहयोगीको ज्यान गएको हो ।

घाइते १२ जनाको जिल्ला अस्पताल सिमकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा सिमकोट गाउँपालिका वडा नम्बर ६ पावाडागाउँका सन्देश सुनार अकिल रोकाया, रामकुमार रोकाया, वक्त रोकाया, खगेन्द्र रावत, सन्त सुनार, कमल रोकाया,  नाम्खा गाउँपालिकाका  नुटुप लामा, सुन्दर तामाङ, नामगेल लामा, खार्पुनाथ गाउँपालिका ५ का धनसिं भण्डारी र सर्केगाढ गाउँपालिका २ का अंग फडेरा छन् ।

दुर्घटनाको कारण भने खुलेको छैन । 

अन्तिम अपडेट: बैशाख २, २०८१

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया