बिहीबार सबै विदेशी मुद्राको भाउ घट्यो

 मंसिर १२, २०७६ बिहिबार १०:४५:३९ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार सबै विदेशी मुद्राको भाउ घटेको छ ।

बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४७ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ । खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा रहेको थियो।

ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ५९ पैसा रहेको छ । हिजो खरिददर २९८ रुपैयाँ १७ पैसा रहेको थियो ।  

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२  पैसा रहेको थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २९ पैसा र बिक्रीदर २७ रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ २७ पैसा र बिक्रीदर २७ रुपैयाँ ४२ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको थियो । 

बिहीबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४८ पैसा रहेको छ । हिजो खरिददर ३७५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३० पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ र बिक्रीदर ३०३ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो खरिददर ३०२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३०४ रुपैयाँ १५ पैसा रहेको थियो । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया