तीन हजारभन्दा बढी नागरिक अपाङ्गता परिचय पत्र लिनबाट बञ्चित

 साउन २, २०७५ बुधबार २०:२२:५५ | सुजता सुनुवार
unn.prixa.net

इलाम – तीन हजारभन्दा बढी नागरिक अपाङ्गता परिचय पत्र प्राप्त गर्नबाट बञ्चित भएका छन् । इलाममा तीन हजार ६३ जना परिचय पत्र प्राप्त गर्नबाट बञ्चित भएको पाइएको छ ।

वि.स. २०६८ सालको जनगणना अनुसार इलाममा आठ हजारको सङख्यामा अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्याङ्कमा उल्लेख छ । तर जिल्लामा अपाङ्गता भएका जम्मा व्यक्तिमध्ये चार हजार ९३७ ले मात्र अपाङ्गता परिचय पत्र प्राप्त गरेका छन् । 

‘अपाङ्गता परिचय पत्र वितरणमा अत्यन्त चुनौतिपूर्ण रहेको महिला तथा बालबालिका कार्यलय इलामका प्रमुख राजकुमारी राईले बताउनुभयो । उहाँले भन्नु भयो, ‘अपाङ्गताको कार्डलाई पहिचानभन्दा पनि सेवा सुविधासँग जोडिएकाले परिचय पत्र वितरणमा चुनौति बढेर गएको हो ।’

मध्यम र सामान्य अशक्त भएकाले राज्यले दिने भत्ताको सुविधा नपाउने भन्दै यस्ता प्रकृतिका व्यक्तिले अपाङ्गता परिचय पत्र लिन नचाहने भएकाले शतप्रतिशत परिचय वितरणमा प्रगति हुनमा समस्या थपिदिएको प्रमुख राईको भनाई छ ।

महिला तथा बालबालिका कार्यालय इलामको तथ्याङ्क अनुसार अहिलेसम्म महिला दुई हजार २ सय २३ र पुरुष दुई हजार एक सय १३ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरेको छ । यीमध्ये सबैभन्दा बढी ‘ख’ वर्गको परिचय पत्र लिने रहेका छन् भने सबैभन्दा कम ‘क’ वर्गको रहेको पाइएको छ । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया